कांग्रेसभित्र स्थानीय तहकाे निर्वाचनमा गठबन्धन नगर्न प्रस्ताव

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बसेकाे छ । साे बैठकमा २०७९ बैशाख ३० मा ताेकिएकाे निर्वाचनका बिषयमा छलफल भएकाे थियाे ।

बैठकमा नेता डा. शशांक कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएकाे थियाे । सभापतिमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएका शेखर काेइरालाले पनि गठबन्धन विना नै निर्वाचनमा जानुपर्ने बताउनुभएकाे थियाे ।

बिहीबारकाे पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा अन्य नेताहरू समेत सकारात्मक रहेकाे नेता शंशाक काेइरालाकाे भनाइ थियाे ।

स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

Facebook Comments