संखुवासभामा बस दुर्घटनाः १४ जनाको मृत्यु
संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन् ।
संखुवासभाकाे मादी नगरपािलका वडा नं. ६ काे सातघुम्तीमा भएकाे दुर्घटनामा १४ जनाको सव भेटिएको र ५ जना घाइते भएकाे प्रहरीले पुष्टि गरेकाे छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे उक्त स्थानमा दुर्घटनामा परेकाे हाे ।
घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेकाे उपचारका लागि जिल्ला बाहिर लैजाने पहल भइरहेकाे छ ।
Facebook Comments

