प्रदेश बजेट: चौतर्फी आलोचनापछि पछि हट्यो गण्डकी प्रदेश सरकार
चौतर्फी आलोचनापछि गण्डकी प्रदेश सरकारले आ.व. ०७९/८० मा नेताका आफन्तका नाममा विनियोजन गरिएको बजेट अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्ने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आइतबार साँझा विज्ञप्ति निकालेर जनभावनाको कदर गर्दै मुख्यमन्त्री, मन्त्री र नेताका आफन्तका नाममा खोलिएका संस्थामा विनियोजन गरिएका बजेट अन्यत्र खर्च हुने ब्यवस्था मिलाउन निर्देशन दएिको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ ट्रष्ट, डिल्लिरमण लामिछाने स्मृति प्रतिष्ठान, अमृत जोशी स्मृति पार्क लगायतका लागि विनियोजित बजेट प्रदेशका अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्ने ब्यवस्था मिलाइने उल्लेख छ ।

Facebook Comments

