गोरखा मिलन समाज पोखराको कोपिला श्रेष्ठ निर्वाचित

गोरखा मिलन समाज पोखराको अध्यक्षमा युवा व्यवसायी कोपिला श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

शनिवार भएको २३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट कोपिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो ।

समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा सन्तबहादुर लामिछाने, सचिवमा शितल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल र सहकोषाध्यक्षमा पुनम गुरुङ श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा बिकास नेपाली, काजिबाबु श्रेष्ठ (गाउँले), शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी, र अनुप पाण्डे चयन हुनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरिशरण अचार्यले समाजको हरेक गतिबिधी देखी कार्यक्रममा आउँदा आफ्नै पन महसुस हुने बताउनुभयो ।

उहाँले गोरखा मिलन समाज सबैको साझा समाज भएकाले गोरखाबाट पोखरा आएर बस्ने सबै मानिसहरु यसमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गोरखा जिल्लाको प्रबर्द्धन र विकासका लागि समाजले खेलेको भूमिका अतुलनीय रहेको समेत बताउनुभयो ।

समाजले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ भने विभिन्न सामाजिक काममा अग्रणी भुमिकामा छ । कपिल पोखरलेको नेतृत्वले गोरखाको खोप्लाङ्मा गरेको बृहत नि:शुल्क स्वास्थ्य शिविर देखी हाल सम्म गरिएको कार्यक्रम समेत सभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा छात्रबृत्तिका संस्थापक लक्ष्मण श्रेष्ठ, वयोबृद्ध सदस्य मेघनारायण श्रेष्ठ तथा पत्रकारीता मार्फत समाजलाई योगदान गरेको भन्दै पत्रकार सुबास अम्गाईलाई सम्मान गरिएको थियो भने आजीवन सदस्यहरु, तथा स्वर्ण सदस्यहरुलाई सदस्यता प्रमाणपत्र दिईएको थियो ।

नवनिर्वाचित अध्यक्ष कोपिला श्रेष्ठ आफ्नो प्रतिबद्धता मन्तब्य राख्दै समाजको समग्र हितको पक्षमा काम गर्ने बताउनुभएको छ ।

उहाँले समाजमा एक्लै भन्दा पनि हामीको भावना लिएर अगाडी बढेर समुहमा काम गर्न सके सफलता पाईने बताउँदै निर्विरोध निर्वाचित गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले आफ्नो सासुआमा स्व. काशीमाया श्रेष्ठको नाममा रु एकलाख ५० हजार बराबरको अक्षकोष स्थापना गर्ने समेत प्रतिबद्धता गर्नुभएको छ । समाजको स्थापना देखी हालसम्मका गतिबिधी सहितको समाज परिचय निवर्तमान अध्यक्ष तिलक तिवारीले राख्नुभएको थियो ।

अध्यक्ष कपिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महासचिव अग्रिम श्रेष्ठले गर्नुभएको थियो भने उपाध्यक्ष कोपिला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments