गण्डकीमै सर्वोत्कृष्ट सम्राट ढुङ्गाना विद्यालयमा सम्मानित
पोखराको मदरल्याण्ड मा.वि. बाट विद्यालय तहको पढाइ भर्खरै सकी कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिए ल्याएर गण्डकी प्रदेशमै सर्वोकृष्ट नतिजा हाँसिल गरेका सम्राट ढुङ्गाना विद्यालयमा एक समारोहका वीच सम्मान गरिउकाे छ ।
उहाँलाइ नगद पचास हजारसहित सम्मानपत्रले सम्मान गरिएकाे हाे । साे अवसरमा सम्राटका बुबा र आमालाई पनि सम्मान गरिएको थियो।
यस अवसरका विशेष अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले सम्मानित ढुङ्गानालाई बधाई तथा शुभकामना अर्पण गर्दै यस विद्यालयलाई आफूले नजिकबाट चिनेको र शैक्षिक क्षेत्रमा अब्बल राख्न सधैँ प्रयासरत रहिरेको कुरा व्यक्त गर्नुभयो ।
यसका साथै विद्यार्थीको उत्तम नतिजाका लागि अभिभावकको भूमिका पनि अपरिहार्य हुने बताउनुभयो। विद्यालयले उत्कृष्ट नतिजाका लागि सैद्धान्तिक शिक्षाका साथमा प्रयोगात्मक अभ्यासलाई पनि सँगसँगै लगेको कुरा पनि व्यक्त गर्नुभयो । यसै सन्दर्भमा विद्यालयतहमा पनि बहुआयामिक मानिएका सम्राट सधैँ अब्बल विद्यार्थीका रूपमा रहेको विद्यालयका शिक्षक शिक्षिकाले बताएका थिए ।
यस अवसरमा सम्मानति सम्राट ढुङ्गानाका बुबा डा.भरतराम ढुङ्गानाले विद्यालयको यो नतिजा प्राप्त गर्नमा साथ र सहयोग पुर्याउनुहुने सम्पूर्ण विद्यालय परिवारप्रति अभार प्रकट गर्दै सफलताका लागि सकारात्मक सोच, दृढ सङ्कल्प, जीवनोपयोगी सिप, निरन्तर साधना र विश्वास तथा श्रद्धापूर्वक लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
यसरी सर्वोेत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीलाई सम्मान गर्दा उनीहरुलाई थप हौसला मिल्ने कुरा सम्मानित विद्यार्थीहरुले बताएका थिए ।
यस कार्यक्रममा शैक्षिक उपलब्धितर्फ सम्राटलगायत शैक्षिक सत्र २०७८ को आधारभूत तह उत्तीर्ण परीक्षामा चार जिपिए हाँसिल गरेर अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा पोखरा महानगरपालिकाबाट सम्मानित विद्यार्थीद्वय सदृश अधिकारी र रेडियस पोख्रेललाई विद्यालयले सम्मान गरेको थियो ।
यसका साथै सहकार्यकलापअन्तर्गत विद्यालयभन्दा बाहिर सहभागी भई महानगर, जिल्ला, गण्डकी प्रदेश तथा अन्तर्राराष्ट्रियबाट प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार जित्न सफल विद्यार्थीहरू सिसम भण्डारी, कृपा बराल, कपिलराज गाहा, कृतिका थापा, जीवन अधिकारी, प्रशंसा बराल, कृतिका पराजुली, दीक्षा भट्टराई र सुजन तिमिल्सिनालाई पनि विद्यालयले सम्मान गरेको थियो ।
विद्यार्थीहरुलाई सम्मान विद्यालय निर्देशक त्रिभुवन शर्मा, विशेष अतिथि विष्णुनारायण श्रेष्ठ, दस जोड दुई इन्चार्ज नारायण आचार्य लगायतका व्यक्तित्वहरुले गर्नुभएको थियो।
विद्यालयका अङ्ग्रेजी विभागका प्रमुख बामनकुमार घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समापन गर्दै विद्यालयका संस्थापक एवं प्रचार्य नारायण बरालले सबैलाई विशेष धन्यवाद दिँदै विद्यालयले महानगर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरम सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगद र सम्मान पत्रले सम्मान गर्दै आएको कुरा बताउनुभयो ।

