कांग्रेस कास्कीद्वाार २२ हजार १ सदस्यीय मूल प्रचार प्रसार समिति गठन

आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर नेपाली काँग्रेस कास्कीले आवश्यक तयारी शुरु गरेको छ ।

कास्की काँग्रेसका सभापति किशोरदत्त वरालको सभापतित्वमा आज वसेको वैठकले पार्टीको तर्फवाट २२ हजार १ सदस्यीय मूल प्रचार प्रसार समिति गठन गरेको छ ।

समितिमा क्षेत्रीय सभापतिहरु र पोखरा महानगर सभापति संहसंयोजक र पार्टीका सम्पूर्ण क्रियाशिल सदस्यहरु सदस्य रहने कास्की काँग्रेसका प्रवक्ता विश्व शंकर पालिखे ले जानकारी दिनुभयो ।

वैठकले निर्वाचनकै सम्वन्धमा सचिव भानुभक्त ढकालको संयोजकत्वमा रामजी कोइराला, मनवहादुर लाम्गादे, निर्मला कार्की भण्डारी सदस्य रहेको सचिवालय समिति गठन गरेको छ । यसैगरी वैठकले जिल्ला कोषाध्यक्ष माईकल कर्माचार्यको संयोजकत्वमा अर्थ उपसमिति गठन गरेको छ । 

साथै वैठकले घोषणा पत्र तयारीका लागि प्रा.पद्यशरण रेग्मी, कपीलमणी दाहाल र दिपेन्द्र ढकाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कानूनी पराशर्मका लागि निवर्तमान जिल्ला सदस्य कृष्ण तिमिल्सीना लाई वैठकले संयोजक तोकेको छ ।

वैठकले निर्वाचनका सन्दर्भमा सामाजिक सन्जाल र मिडियामा अनावश्यक भ्रम छर्ने गतिविधीमा संलग्न नहुन पार्टीका सवै क्रियाशिल सदस्यहरु एवम् शुभेच्छुकहरुलाई अनुरोध गरेको छ । साथै वैठकले पार्टीको निर्णय विपरित उम्मेदवारी दर्ता गर्नु भएका पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुलाई तत्काल उम्मेदवारी फिर्ता लिन अपील गरेको छ ।

वैठकले नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य सुदिप गौतमको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै १३औं दिनको पूण्यतिथिका दिन २०७९ भाद्र २६ गते विहान ७.३० बजे पार्टी कार्यालय, वी.पी.मार्ग चिप्लेढुङ्गामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

यसैवीच आजै विहान कास्की काँग्रेसको पार्टी कार्यालयमा ५ दलीय गठवन्धनको वैठक सम्पन्न भएको छ । वैठकमा नेपाली काँग्रेस, ने.क.पा.माओवादी केन्द्र, ने.क.पा.एकीकृत समाजवादी, राजमो र नेसपाका केन्द्रिय तथा जिल्ला नेताहरु र उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

वैठकले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संयोजकत्वमा र गठवन्धनका दलहरुको सहसंयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको कास्की काँग्रेसका सहसचिव नविन सिग्देलले जानकारी दिनुभयो । 

साथै वैठकले कास्कीका सवै वडाहरुमा संयुक्त निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कास्की काँग्रेसको पार्टी कार्यालयलाई गठवन्धन दलको मूख्य निर्वाचन परिचालन सचिवालय वनाउने वैठकले निर्णय गरेको छ । 
Facebook Comments