नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न पृथ्वी जयन्तीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपतिद्वारा शुभकामना सन्देशमा भनिएकाे छ, ‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

सन्देशमा नेपाल एकीकरण अभियानकाे नायककाे रूपमा पृथ्वीनारायण शाहलाई उल्लेख गरिएकाे छ । शाहकाे विचार आत्मसात् गर्दै अघि बढेमा मुलुकको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुग्ने राष्ट्रपतिकाे ठहर छ ।

Facebook Comments