एमाले कास्कीमा नेतृत्व चयनका लागि मतदान सम्पन्न, मतगणना शुरू

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान सम्पन्न भएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा ८ सय ९६ प्रतिनिधिले मतदानमा सरिक भएका थिए ।

निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरका अनुसार ९ सय १९ प्रतिनिधि रहेका थिए । विहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो ।

एमाले कास्कीको अध्यक्षमा दामोदर बैरागी र मनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै उपाध्यक्षमा बैरागी प्यानलका प्रभा कोइराला र गुरुङ प्यानलका तेजनारायण अधिकारी, सचिवमा बैरागी समूहका बैनबहादुर अधिकारी क्षेत्री र गुरुङ प्यानलका विष्णुबहादुर केसीले प्रतिस्पर्धा गरेका छन् ।

यसैगरी दुई उप–सचिवमा बैरागी समूहबाट दर्शन लामा र नवराज ओझा तथा गुरुङ समूहबाट मनभुजा विक र ईमानराज पौडेल र स्वतन्त्र उम्मेदवार सुनकुमारी भुजेल चुनावी प्रतिस्पर्धामा छन् ।

मतदान सकिएकाले साँझ ६ बजेदेखि मतगणना शुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत थापा मगरले जानकारी दिनुभयाे ।

स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’  विजयी

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’  विजयी हुनुभएकाे छ । गैह्रेले ४४० मल ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकाे हाे । प्रर्तिस्पर्धि मरासिनीले २५७ मत प्राप्त गर्नुभयाे ।

Facebook Comments