एमसीए नेपालका टेन्डरमा सहभागी हुन प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसी परियोजना अन्तर्गत नेपालमा हुने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभएकाे छ ।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभाकाे काठमाडौंमा उद्घाटन गर्दै देउवाले हरु निर्माणका लागि एमसीए-नेपालले निकाल्ने ग्लोबल टेन्डरमा भाग लिन व्यवसायीलाई आग्रह गर्नुभएकाे हाे ।

अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने प्रधानमन्त्रीकाे भनाइ थियाे ।

टेन्डरमा नेपाल, चीन, भारत लगायत जुन देशकै पनि कम्पनीले भाग लिन सक्ने उहाँकाे भनाइ थियाे ।

नेपालमा एसमीसीको ५० करोड डलर सहयोगअन्तरगत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँदैछ ।

Facebook Comments