आम निर्वाचन २०७९ः प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली प्रकाशन हुने

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दैछ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार निर्वाचन आयाेगले आज साँझ ५ बजेपछि देशैभरका प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरूकाे नामावली प्रकाशन गर्न लागेकाे हाे ।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जना रहेका छन्।

त्यस्तै प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल ३ हजार ४ सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसमध्ये पुरूष ३ हजार १ सय ७८ र महिला २ सय ९७ जना तथा १ जना रहेका छन्।

यस्तै आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बुधबार एक दिनकाे समय फिर्ता लिनका लागि दिनेछ। साेही दिन साँझ दावीविराेध उपरकाे छानविन सकेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्यतालिका तय भएकाे छ ।

Facebook Comments