कैलाली–५ मा लक्ष्मण चौधरी र रूकुम पश्चिममा प्रेमप्रकाश वलीकाे उम्मेदवारी खारेज

निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण चौधरीको उम्मेदवारी खारेज गरिएको छ ।

थारू कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रहेकाे भनेर निर्वाचन कार्यालयमा उजुरी परेकाे थियाे । साेही उजुरी उपर छानविन गरी निर्वाचन कार्यालयले थारूकाे उम्मेदवारी खारेजे गरेकाे हाे ।

उजुरी उपर मंगलबार दुवै पक्षका सबुत प्रमाण मागेर सोका आधारमा लक्ष्मण चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेज हुने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

त्यस्तै रुकुम पश्चिमको प्रदेशसभा तर्फ क्षेत्र नं. (ख) का लागि नेपाली कांग्रेसका जिल्ला सभापतिले दिएको उम्मेदवारी खारेज भएको छ।

पार्टी जिल्ला सभापति प्रेमप्रकाश वलीले निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी दर्ता गराएकाेमा नेकपा माओवादी केन्द्रका नेताले बैंकिङ कसुरमा अदालतले तोकेको सजाय भुक्तान नगरेको भन्दै वली विरूद्द उजुरी दिनुभएकाे थियाे ।

Facebook Comments