एमाले कास्कीकाे अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

नेकपा एमाले कास्की दशाैं अधिबेशनबाट मनबहादुर गुरुङ अध्यक्षमा चयन हुनुभएकाे छ । अधिवेशनमा अध्यक्ष लगायतकाे पदाधिकारी तथा जिल्ला सदस्य पदका लागि मतदान भएकाे थियाे । कूल ८९५ मत खसेकाेमा ८९५मत गन्दा अन्तिम परिणाम घाेषणा हुँदा अध्यक्षमा गुरूङ, उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा बैन बहादुर अधिकारी , उपसचिवमा दर्शन लामा नवराज ओझा विजयी हुनुभएकाे हाे ।

विजयी तथा प्रत्यासीलाइ प्राप्त मत

अध्यक्षा दामाेदर बैरागि – ४०७ मन बहादुर गुरुङ -४५६(बिजयी )

उपाध्यक्ष तेजनारायण अधिकारी -४२१ ( बिजयी ) प्रभा काेईराला -४१३

सचिब बिष्णु केसी -३६४ बैन बहादुर अधिकारी -४७५(बिजयी)

उप सचिव ईमानराज पाैडेल -३५५ दर्शन लामा -५४०(बिजयी) नवराज ओझा -४४३(बिजयी ) मन्बुजा बिश्वकर्मा – २३७

Facebook Comments