आम निर्वाचन २०७९ः प्रत्यक्षतर्फ उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन हुँदै
निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक गर्दैछ । त्यस्तै आज नै उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।
आयाेगले आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा विहान १० देखि दिउँसाे १ बजेसम्मकाे समय छुट्याएकाे छ । त्यसैगरी उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनका लागि दिउँसाे १ देखि ४ बजेसम्मकाे समय छुट्याइएकाे छ ।
दिउँसाे ४ देखि साँझ ७ बजेसम्म चुनाव चिन्ह प्रदान गर्ने आयाेगकाे तयारी छ । राजनीतिक दलका उम्मेदवारहरुले पार्टीकै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ ।
पार्टीले वितरण गरेको टिकटबाट असन्तुष्टहरुले बागी उम्मेदवारी दिएकाले तिनीहरुको उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले भनेका छन् ।

Facebook Comments

