प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने
पहाडी भू-भागकाे माैसममा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ जल तथा माैसम विभागले जनाएकाे छ । विभागले प्रदेश १ काे पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाएकाे छ ।
विभागले गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष ३० गते (शुक्रबार)
दिउँसो : प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आन्शिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७८/०९/३० विहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष ३० गते (शुक्रबार)
दिउँसो : प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आन्शिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक बदली रहने छ।
२०७८ माघ ०१ गते (शनिबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।
२०७८ माघ ०२ गते (आइतबार)
दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

