पेट्रोलियम पदार्थको मूल्य बढ्याे

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । भारतबाट मुल्य बढेर आएकाले मुल्य वृद्धि गर्नुपरेकाे निगमले जनाएकाे छ ।

नेपाल आयल निगमले आज १८ गतेबाट नै लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । मुल्यबृद्धि भएसँगै पेट्राेल र डिजलेकाे मुल्य समान भएकाे छ ।

योसँगै पेट्रोल र डिजेलको मूल्य पहिलाे वर्ग अन्तर्गतका स्थानहरूमा १ सय ९७ रुपैयाँ ५० पैसा, दाेस्राे वर्ग अन्तर्गत काराेबार हुने स्थानहरूमा १ सय ९९ रुपैयाँ र तेस्राे वर्ग अन्तर्गत काराेबार हुने जिल्लाहरूमा २ सय रुपैयाँ प्रतिलिटर पर्नेछ ।

एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

Facebook Comments