शान्ति सुरक्षामा दख्खल दिएकाे भन्दै दुर्गा प्रसाईं पुनः पक्राउ

शान्ति सुरक्षामा दख्खल दिएकाे भन्दै प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखेकाे छ ।

भक्तपुर प्रहरी र अपराध अनुन्धान परिसर टेकुकाे प्रहरी टाेलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरा स्थित घरबाट पक्राउ गरेकाे हाे । यसअघि पनि प्रसाईंलाई प्रहरीले पटक पटक पक्राउ गरेकाे थियाे ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ । प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।

प्रसाईं र धवल समशेर राणा मिलेर राजनीतिक पार्टी खाेल्ने तयारी भइरहेकाे छ । प्रसाईंले सरकारविराेधी भडकाउपूर्ण अभिव्यक्ति दिने र प्रहरीले पक्राउ गर्ने क्रम विगत देखि नै चलिरहेकाे छ ।

Facebook Comments