थप ८ सय ८८ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न ल्यावमा ५ हजार ७ सय ३७ नमुना परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

३ हजार १ सय ५५ काे पीसीआर विधिबाट गरिएकाे परीक्षणमा ४ सय २७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षणमा ४ सय ६१ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ४ सय ७४ जना कोरोना भाइरसकाे संक्रमणबाट मुक्त भएका छन् भने १ जनाकाे याे अवधिमा मृत्यु भएकाे छ । पछिल्ला दिनमा काेराेना संक्रमणदर ह्वातै बढेकाे छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेकाे मन्त्रालयले जनाएकाे छ । भदाै र असाेज महिनामा संक्रमणदर अझै बढ्ने र ५० हजारकाे संख्यामा संक्रमित थपिन सक्ने विज्ञहरूकाे अनुमान छ ।

Facebook Comments