काभ्रेकाे ढुङ्गा खानीमा पहिरो, २ काे मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा रहेकाे एक ढुङ्गा खानीमा गए राति पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानमा रहेकाे ढुङ्गा खानीमा भएकाे साे घटनामा एक जना घाइते भएकाे बताइएकाे छ ।

जिल्ला प्रहरीका कार्यालय काभ्रेका अनुसार ४४ वर्षका नीरबहादुर तामाङ र निजकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको मृत्यु भएको हाे।

नीरबहादुरकी आमा लादुलुङ तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । खानीकाे अनुमतिपत्र भए नभएकाे अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

Facebook Comments