गाेरखालाई आधार बनाएर देशको आर्थिक विकासमा याेगदान दिन्छुः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक विकासमा याेगदान गर्ने बताउनुभएकाे छ ।
वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि मात्र नभई संविधानको रक्षा र देशकाे अर्थतन्त्रकाे विकासका लागि बनेकाे प्रचण्डकाे भनाइ थियाे ।
गोरखामा सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै केपी नेतृत्वकाे सरकारका कारण संविधान नै खतरामा परेका बेला संविधानको रक्षाका लागि गठबन्धन बनेको स्मरण गर्नुभयाे ।
‘पटक-पटक संविधान च्यात्ने कोसिस भएपछि यही गठबन्धनले संविधानको रक्षा गरेको हो,’ प्रचण्डले भन्नुभयाे, ‘अब यसलाई मंसिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ।’
गोरखाको भूगोल, संंस्कृति र जनतालाई राम्रोसँग बुझेको भन्दै प्रचण्डले गाेरखाबाट नयाँ रेकर्ड कायम गर्ने समेत उल्लेख गर्नुभयाे ।

