एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
बिहीबार साँझ ८ बजेतिर ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएकाे थियाे ।
बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा राणासहित ओलीलाई भेट्न बालकोट जानुभएकाे हाे । देउवासँग एमसीसी अनुमाेदनका लागि प्रधानमन्त्री देउवाले ओलीकाे सहयाेग खाेज्नुभएकाे छ ।
सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने निश्चित जस्तै भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाउनुभएकाे हाे ।
एमाले अध्यक्ष लगायतका नेतासँग कांग्रेस नेता मिनेन्द्र रिजाल, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले देउवाकाे निर्देशनमा भेटघाट गर्नुभएकाे थियाे ।

