पेट्रोल, डिजेल र मटितेल प्रतिलिटर ३ रूपैयाँ घट्याे

 पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटेको छ । यसअघि भारतीय बजारमा इन्धनकाे मुल्य घटेपनि नेपालमा घाटा रहेकाे कारण देखाउँदै मुल्य नघटाएकाे नेपाल आयल निमगले यसपटक भने इन्धनकाे मुल्य घटाएकाे हाे ।

मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । शुक्रबार राति १२ बजेदेखि नै घटेकाे मुल्य लागू भइसकेकाे छ ।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएकाे छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

निगमले सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार समायाेजनका लागि आनाकानी गर्ने गरेकाे छ ।

Facebook Comments