पाेखरामा लिटरेचर फेस्टिभल हुने
पाेखरामा नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण हुने भएकाे छ ।
आगामि पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा फेस्टिभल गर्न लागिएकाे आयोजक बुकवर्म फाउन्डेसनले पाेखरामै पत्रकार सम्मेलन मार्फत् जानकारी दिएकाे हाे ।
फेस्टिभलमा दुई सय भन्दा बढी स्वदेशी, विदेशी लेखक, ५० भन्दा बढी छलफलका सत्र रहने फेस्टिभलकी सह–निर्देशक सुजाता खत्रीले जानकारी दिनुभयाे ।
आयोजकका अनुसार फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्की लेखक करुणतिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल,सह– प्राध्यापक एवम् लेखक सुकेतु महता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान लेखक श्रेयना भट्टाचार्य लगायतकाे सहभागिता रहने छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्रीहरु गगन कुमार थापा, विश्वप्रकाश शर्मा, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइरला, सिके रावतलगाएत पनि उपस्थिति रहने छ ।
‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशैँ संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम काठमाडौँ विश्वद्यिालयका रजिष्ट्रार अच्युत वाग्लेको विद्धत् प्रवचन रहनेछ ।

