चोरीको मोटरसाईकल सहित एक जना प्रहरी नियन्त्रणमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई काठमाण्डौको स्वयम्भू भुईखेलबाट पक्राउ गरेकाे हाे ।

कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सी.सी.को पल्सर एन एस मोटरसाईकल सहित सिंहलाई नियन्त्रणमा लिएको महाशाखाका प्रहरी उपरीक्षक संजीव शर्मा दासले जानकारी दिनुभयाे ।

सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति-पत्र ए वर्गको परिक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत प्रहरीले जनाएकाे छ ।

वास्तविक नम्बर भे १० प ४३६२ रहेको सो मोटरसाईकलका धनी आशिष गुरूङ्ग रहेको र मोटरसाईकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कार्वाहीका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

Facebook Comments