४०८ स्थानीय तहकाे मतगणना सम्पन्न
कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी केन्द्र तेस्राे स्थानमा
बैशाख ३० मा भएकाे स्थानीय तह निर्वाचनकाे मतपरिणाम आउने क्रम जारी छ । देशभरका ७५३ मध्ये ४०८ स्थानीय तहकाे मतगणना सकिएको छ । याे समाचार तयार पार्दासम्म ४०८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हाे ।
सार्वजनिक भएकाे परिणाम अनुसा १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र माओवादी केन्द्रले ८२ स्थान जितेर तेस्राे स्थान छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् ।
गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुकाे अग्रता लिइरहेका छन् । महानगरमा मतसंख्या धेरै भएकाले मतगणना सम्पन्न हुन समय लाग्ने देखिएकाे छ ।
बाँकी स्थानीय तहमा पनि ठूला दलहरू नै अगाडि देखिएका छन् । कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् । काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे निरन्तर अग्रता छ भने धनगढीमा समेत स्वतन्त्र उम्मेदवार गाेपाल हमालकाे अग्रता छ ।
चर्चामा रहेकाे भरतपुर महानगरपालिकामा रेनु दाहालकाे अग्रता बढिरहेकाे छ भने पाेखरा महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार धनराज आचार्यकाे अग्रता फराकिलाे बनिरहेकाे छ ।

