लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा प्रदेशका मन्त्री र सचिवहरूसँग छलफल
जनतालाई सहज सेवा दिने वातावरण बनाउन आग्रह
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी वर्ष विकास निर्माण तथा सेवा प्रवाह समेत तीव्रगतिमा गरी प्रदेशबासी नागरिकको सेवामा लाग्न सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
उहाँले आपसी समन्वय गरेर जनतालाई दुख्न नहुने ढंगबाट काम गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “जनतालाई सेवा दिनका लागि सहज वातवरण निर्माण गरौँ, जनतालाई नघुमाऔँ, बरु हामी मन्त्री र मन्त्रालयहरु घुमेर समन्वय गरौँ, तर जनतालाई सास्ती दिने काम बन्द गराैं ।”
मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको मन्त्री र सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।
छलफल कार्यक्रममा सबै मन्त्रालयकाे विगत आर्थिक वर्ष २०७८।७९ को बार्षिक समीक्षा समेत मन्त्रालयगत रुपमा छलफल गरिएको थियो ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले यस वर्ष सबैको सहयोगले नतिजा राम्रो निकालेका दावी गर्दै मन्त्री र सचिवहरुको बीचमा घतिभूत छलफल गरी समस्या सामाधान गरी कार्यन्वय गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले प्रदेशकोबासीको जीवनलाई समृद्ध बनाउनको लागि मन्त्री र सचिवहरुले अन्तर मन्त्रालयको समन्वय सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनुभएकाे थियाे ।

