समाजवादका लागि धेरै मेहनत गर्नुपर्नेछः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै तरिकाले समाजवादमा पुग्न नसकिने बताउनुभएकाे छ ।
अहिलेकाे राष्ट्रको आवश्यकता पूरा गर्न धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने अभियानमा तीव्रता ल्याउनुपर्ने उहाँकाे भनाइ छ ।
रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफू अहिले वामपन्थी आन्दोलनलाई एकीकृत गर्न सक्रिय रहेको बताउनुभयाे ।
हामी नेतृत्व पुरानै तरिकाले, पुरानै रुपमा मात्रै अगाडि बढेर अबको क्रान्ति या अबको राष्ट्रको आवश्यकता पूरा नहुने निष्कर्ष सहित कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाउन लागिपरेकाे प्रचण्डकाे भनाइ छ ।
समाजवादकाे उद्देश्य पुरा गर्न धेरै मेहनत गर्नपर्ने भएकाले निर्वाचनमा त्यही अनुसार खटन नेता कार्यकर्तालाइ प्रचण्डकाे आग्रह थियाे ।

