नागरिकता ऐन संशोधन विधेयक पुर्नविचार नगरी पास गर्ने तयारी
संसदमा राष्ट्रपति कार्यालयले पुनर्विचार गरियाेस् भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आजको प्रतिनिधि सभा बैठकबाट पुनः जस्ताकाे तस्तै पारित गर्ने तयारी गरिएको छ ।
सत्तारूढ पार्टी नागरिकता विधेयक संशाेधन गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे सन्देश वेवास्ता गर्दै पुनः यसअघिकै विधेयक पुनः पास गरेर पठाउने तयारीमा लागेका हुन् ।
नागरिक ऐन संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । सत्ता गठबन्धनले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।
संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएपनि १३ दिनपछि राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित संसदमा फिर्ता गर्नुभएकाे थियाे ।
सत्ता गठबन्धनकाे तयारप्रति प्रतिपक्षी नेकपा एमाले भने रूष्ट बनेकाे छ । प्रतिक्रियामा एमाले अध्यक्ष केपी शर्मा अाेलीले पाखुराकाे बलमा विधेयक पास गर्न खाेजिएकाे टिप्पणी गर्नुभएकाे छ ।
विधेयक पुनः संसदले पास गरेर पठाएपछि भने राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने संवैधानिक प्रावधान छ ।

