जितिया पर्व मनाइँदै

नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाइँदैछ ।

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु समुदायका महिलाहरूले जितिया पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।

खास गरी तराइ क्षेत्रमा महिलाहरूले यस पर्वमा आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने प्रचलन रहि आएकाे छ ।

यस पर्वका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएकाे छ ।

आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाउने प्नचलन छ । यस दिनमा महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजाआजा गरी कठोर व्रत बस्दछन् । थारु समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाउने चलन छ ।

प्रधानमन्त्री देउवाले जारी गर्नुभएकाे शुभकामना सन्देशमा आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएकाे छ ।

Facebook Comments