सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने
सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गरेकाे छ । संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ। भाद्र ३१ गते बसेकाे मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्नुका साथै संस्थान सुझाव सम्बन्धी समिति गठन गरेकाे हाे ।
यसअघि २०७७ कार्तिक २७ गते सरकारले गरेकाे विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धी निर्णय खारेज गरेकाे छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वि.सं. २०७७-७-२७ गतेको मन्त्रिपरिषद्ले विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताउनुभयाे ।
यस्तै मन्त्री कार्कीले मन्त्रिपरिषदले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको जानकारी दिनुभयाे ।
यसैगरी राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।
मन्त्रि परिषद्काे निर्णय

