गठबन्धनका उम्मेदवार विजयाेन्मुख : कांग्रेस नेता शर्मा
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भईसकेको बताउनुभएकाे छ ।
मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र समृद्ध बनाउने अभियानमा रहेका गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अनुरोध समेत गर्नुभयाे ।
नेता शर्माले व्यक्तिसंग भएको साधन, श्रोत र उर्जालाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्नु पहिलो प्राथमिकता गठबन्धनका उम्मेदवारले बोकेको समेत उल्लेख गर्नुभयाे ।
लेखनाथ स्थित बुढीवजारमा रहेको सम्पर्क कार्यलय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री यज्ञबहादुर थापाले नेपाली कांग्रेसबाट हिजोको दिनमा तारानाथ रानाभाट र आफू स्वयंले समेत जितेकाे तथा माओवादीले २ पटक जितेको क्षेत्रमा गठबन्धन बनाएर लड्दा विजय निश्चित रहेको बताउनुभयाे ।
सभामा माओवादी केन्द्र कास्कीका अध्यक्ष राजकाजी गुरुङ (करण)ले पार्टीको निर्देशनलाई पूर्ण कार्यान्वयन गर्दै अघि बढेर सवै उम्मेदवारलाई विजयी गराउने जिम्मा हामी सबैको भएको बताउनुभयाे । सभामा नेकपा एसका नेता चुणामणि जंगलीले ५ दलिय गठबन्धन एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयाे ।
सभामा नेका कास्कीका सभापति एवं संघ तर्फका उम्मेदवार किशाेरदत्त बरालले विकास निर्माणलाई योजनाबद्ध ढंगबाट प्राथमिकता दिँदै ठुला र साना विकासलाई दीगो स्तरमा लैजान आफूहरुको योजना रहेको उल्लेख गर्नुभयाे ।
उद्यमशीलतालाई प्राथमिकता दिनु पर्ने बताएका उम्मेदवार बरालले कृषि क्षेत्रबाट निर्यातको प्याकेज ल्याउन सक्ने बताउनुभयाे । नेकपा माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पुर्व सांसद कास्की क्षेत्र नं १ (क) का उम्मेदवार दिपक कोइरालाले नेकपा एमालले हारको मनस्थितिमा पुगेर झुटको खेती गरिरहेकोमा चिन्ता गर्नुभयाे ।
प्रदेशमा भएको योजनालाई एमालेका उम्मेदवार खगराज अधिकारीले झुटको खेती गर्दै हिडेकोमा चिन्ता व्यक्त गर्नुभयाे । ५ दलिय गठबन्धनका संयोजक राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको सभामा समानुपातिक उम्मेदवारहरुको तर्फबाट बोल्दै कांग्रेस नेतृ सरस्वती गुरुङले गठबन्धन सरकारले गरेका कामहरु उल्लेख गर्दै मतदातासँग मत माग्नुभएकाे थियाे ।
गुरुङले प्रदेश सरकारबाट भएको स्वास्थ्य क्षेत्रमा गरेको योगदान, शिक्षा क्षेत्रमा गरेको परिवर्तन, कृषि क्षेत्रमा दिएको योगदान अविस्मरणिय रहेको भन्दै निर्धारित लक्ष्य पुरा गराउन गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने समय आएको बताउनुभयाे ।
सदस्य सचिव सरोज कसीले सञ्चालन गरेका सभामा माओवादी केन्द्रका नेता कोमलनाथ बराल, विनय थापा, समाजवादीका नेता पुर्ण लामा, दुर्गा गुरुङ, जनमोर्चाका हरिप्रसाद बराल लगायतले बोलेका थिए ।

