महिला सशक्तिकरण र समावेशी विकासका लागि उम्मेदवारीः मिना गुरूङ

आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएकाे छ ।

पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिकाे कार्यालय उद्घाटन समारोहमा बोल्दै उहाँले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गर्नुभयाे ।

उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले शुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयाे ।

उहाँले आफ्नो निर्वाचन क्षेत्र सबै हिसावले महत्वपूर्ण रहेकोले सो क्षेत्रको विकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै सोही अनुरुप स्थानीय आवश्यकता र सुझावका आधारमा काम गर्ने बताउनुभयाे ।

गुरूङले आफू जहिले पनि जनताकै सेवामा लागेको उल्लेख गर्दै दोसो पटक पनि जनसेवाकै लागि उम्मेदवारी दिएको बताउनुभयाे। आफ्नो एक मात्र सपना विकास भएकोले त्यसका लागि कास्की २(ख)का जनताले आफूलाई विजयी गराउने उहाँको विश्वास थियाे ।

Facebook Comments