समाजवादी फाेरम बनाउने प्रचण्डकाे प्रस्ताव

नेकपा माओवादी केन्द्रले समाजवादी फाेरम बनाउने प्रस्ताव गरेकाे छ । समाजवादमा सहमत शक्तिहरुवीच त्यस्ताे फाेरम बनाउनुपर्ने साे दलका अध्यक्ष प्रचण्डकाे प्रस्ताव रहेकाे छ ।

आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र समाजवादी फाेरम बनाउने प्रस्ताव गर्नुभएकाे थियाे ।

पदाधिकारी बैठकमा प्रचण्डले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताउनुभएकाे हाे । यसअघि सञ्चारमाध्यममा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनका लागि दलहरूवीच छलफल भएकाे भन्दै सामाग्री प्रकाशन भएका थिए ।

शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको पनि प्रचण्डले पदाधिकारी बैठकमा खुलासा गर्नुभएकाे थियाे । कांग्रेसले संसदीय दलकाे नेता चयन गरेपछि मात्र शक्ति बाँडफाँडका लागि छलफल गर्न प्रस्ताव गरेकाे छ ।

Facebook Comments