कांग्रेसले सरकारकाे नेतृत्व लिनका लागि दलहरूसँग छलफल गर्ने
नेपाली कांग्रेसले अव बन्ने सरकारकाे नेतृत्व लिनका लागि पहल गर्ने भएकाे छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि गठबन्धनमा रहेका र गठबन्धन बाहिर रहेका दलहरूवीच पहल गर्ने निर्णय गरेको हो ।
गठबन्धनमा सरकारकाे नेतृत्वमा आलाेपालाे गर्नमा सैद्धान्तिक रूपमा सहमति भएपनि पहिला कस्ले गर्ने भन्नेमा भने सहमति जुटेकाे छैन । यसैवीच कांग्रेसले संसदीय दलकाे नेता चयनका लागि एक समिति बनाएकाे छ ।
दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा बनेकाे निर्वाचन समितिले ढिलाेमा बुधबारसम्ममा दलको नेता चयन टुंगाे लगाउने बताइएकाे छ ।
Facebook Comments

