संसदकाे अवराेध कायम हुँदासम्म एमसिसी टेबल गर्न अनूचितः नेकपा समाजवादी
नेकपा एकीकृत समाजवादीले संसदमा अवराेध रहँदा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल गर्न नहुने निष्कर्ष निकालेकाे छ। साथै संसदमा टेबल भएमा एमसिसीकाे विपक्षमा उभिने नेकपा(एस)काे निर्णय छ।
शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय गरेको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिनुभयाे ।
एमसिसी संशोधन हुनेपर्ने साे दलकाे ठहर छ । सत्ता गठबन्धनमा नै एमसिसी संसदमा टेबल गर्न हुने/नहुनेमा चर्काे विवाद छ ।
नेपाली कांग्रेस यथास्थितिमै एमसिसी टेबल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने अहिले नै टेबल गर्न नहुने पक्षमा रहेका छन् ।
Facebook Comments

