राजतन्त्र बाेकेर गल्ती भाे, अब हिन्दु राष्ट्र एजेण्डाः कमल थापा
कमल थापाले विगतमा राजतन्त्र बाेकेर गल्ती गरेकाे बताउनुभएकाे छ । थापा अध्यक्ष रहेको राप्रपा नेपालले पार्टीको आधिकारिक घोषणासभामा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
प्रजातन्त्र दिवसको अवसरमा शनिबार वीरेन्द्र सभागृहमा एक कार्यक्रमका बीच राप्रपा नेपालको घोषणा गरियाे ।
लाक्पा लामाकाे नेतृत्वमा रहेकाे राप्रपा नेपालको अध्यक्ष पद कमल थापालाई हस्तान्तरण गरी निर्वाचन आयोगले समेत साे विवरण अद्यावधिक गरिसकेकाे छ ।
राप्रपा नेपालले आफ्नो मूल राजनीतिक एजेन्डा सम्बर्द्धनवाद, सुशासन र समृद्धि लिएको छ।
राप्रपामा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै थापाले पार्टी परित्याग गरी राप्रपा नेपालसँगै क्रियाशील बन्ने निर्णय गर्नुभएकाे हाे ।
६१ सदस्यीय राप्रपा नेपाललाई केन्द्रीय सदस्यकाे संख्या बढाएर १५१ सदस्यीय बनाइने छ। विगतमा थापाले नेतृत्व गरेको हिजोको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको थियो। राप्रपा त्यागेर पुन: राप्रपा नेपाल गठन गरेपछि भने थापाले राजतन्त्रको मुद्दा छाडेर हिन्दु राष्ट्रको एजेन्डा भने बोक्ने भएको छ।

