५ सय ५६ स्थानकाे मतपरिणाम सार्वजनिक
कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी केन्द्र तेस्राे स्थानमा
बैशाख ३० मा भएकाे स्थानीय तह निर्वाचनकाे मतपरिणाम आउने क्रम जारी छ । देशभरका ७५३ मध्ये ५५६ स्थानीय तहकाे मतगणना सकिएको छ । याे समाचार तयार पार्दासम्म ४०८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हाे ।
सार्वजनिक भएकाे परिणाम अनुसा २५३ पालिका जितेर कांग्रेस पहिलो, १५५ स्थानमा जितेर एमाले दोस्रो र माओवादी केन्द्रले १०४ स्थान जितेर तेस्राे स्थान छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले ११, जनता समाजवादी पार्टीले ज्१४ स्थान जित्दा अन्यले १९ पालिकामा जित हासिल गरेका छन् ।
गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुकाे अग्रता लिइरहेका छन् । महानगरमा मतसंख्या धेरै भएकाले मतगणना सम्पन्न हुन समय लाग्ने देखिएकाे छ ।
चर्चामा रहेकाे भरतपुर महानगरपालिकामा रेनु दाहालकाे अग्रता बढिरहेकाे छ भने पाेखरा महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार धनराज आचार्यकाे अग्रता फराकिलाे बनिरहेकाे छ ।
अरू ४ महानगरमध्ये ललितपुर र विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहँदा विरगंजमा जसपा र काठमाण्डाैमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता देखिएकाे छ ।

