माओवादी केन्द्रमा ७ नेताकाे महासचिवमा दावी
नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगाे लगाउने भने पनि शुक्रबार पनि टुंगाे लाग्न सकेन । महासचिवमा ७ नेताले आफ्नो दाबेदारी पेश गरे पदाधिकारी चयन पेचिलाे बनेकाे छ ।
स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी पेश गरेका थिए । यसअघि देव गुरूङलाइ महासचिव बनाउने र अन्य नेतालाइ उपाध्यक्ष र उपमहासचिव बनाउने तयारी रहेकाे बताइएकाे थियाे ।
Facebook Comments

