बंगलादेशलाई साफ महिला च्याम्पियनसिपको उपाधि
बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेकाे छ । काठमाण्डाै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले पराजित गर्दै उपाधि जितेकाे हाे ।
नेपाल भने साफ महिला फुटबलमा पाँचाैपटक फाइनलमा पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएकाे छ ।
बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रच्न सफल भएकाे छ । ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले ७० औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरेपनि उक्त गाेल सान्त्वना मात्र बन्याे । ।
बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल ३-१ काे जीत निकालेकाे हाे ।
Facebook Comments

