३६ वर्षपछि अर्जेन्टिनाले चुम्याे विश्वकपकाे उपाधि

कतारमा भएकाे विश्वकप २०२२ काे उपाधि अर्जेन्टिनाले जितेकाे छ । अर्जेन्टिनाले सन् १९८६मा विश्वकप जितेकाे थियाे । त्यसकाे ३६ वर्षपछि पुनः विश्वकप फुटबलको उपाधि जितेको छ ।

कतारको लुसेल स्टेडियममा भएको फाइनल खेल रोमाञ्चक नाटकीय थियाे । निर्धारित समयमा २-२ र थप गरिएकाे समयमा १-१ गरी ३-३काे बराबारी खेलेका अर्जेन्टिना र फ्रान्सकाे फाइनल खेल पेनाल्टी सुट अाउटमा पुगेकेा थियाे । पेनाल्टी सुटमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि चुमेकाे हो ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

अर्जेन्टिनाका लियोनेल मेस्सी, पाउलो डिबाला, लियोनार्दो पारडेस र गोञ्जालो मोन्टेलले गाेल गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पे र कोलोमुनीकाे सुट मात्र गाेलमा परिणत भयाे ।

पहिलाे हाफमै अर्जेन्टिनाले २–० लिएपनि खेलकाे ८० औं मिनेटमा फ्रान्सका केलियन एम्बाप्पेले पेनाल्टी र त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरेका थिए । जुट चमात्कारिक थियाे ।

लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए जुन निर्धारित समयकाे ८२ मिनेटसम्मा मात्र टिक्याे ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए पनि फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो ।

जसलाई  युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । एम्बाप्पले विश्वकप फाइनलमा ह्याट्रक पूरा गर्ने तथा सर्वाधिक गाेलकाे रेकर्ड बनाए तर पनि टाइब्रेकरमा चुक्दा लगातार दाेस्राे र समग्रमा तेस्राेपटक विश्वकप जित्ने फ्रान्सकाे सपनामा भने विराम लाग्याे ।

Facebook Comments