एमसीसीविरुद्धको प्रदर्शन निरन्तर

अमेरिकाले गर्न लागेकाे अनुदान सहयाेग एमसिसीका बिषयमा विभाजन मुलुकभित्र मात्र सीमित नरहेकाे निष्कर्ष सहित बिभिन्न राजनीतिक पार्टीकाे नेतृत्वमा निरन्तर विराेधका कार्यक्रम भइरहेका छन् ।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्षसहित विराेधका कार्यक्रम जारी राख्ने जनाएका छन् ।

एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै ती दलका नेता कार्यकर्ताले आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् ।

संयुक्त कार्यक्रम गर्न लागेका दलहरूमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

ती दलकाे संयुक्त बैठकले माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेकाे थियाे ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीका ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र एमसीसी संसदबाट पारित गराउने नेपाल सरकारको अन्तिम कसरतलाई गम्भीर रूपमा लिनुपर्ने ती दलकाे ठहर छ ।

Facebook Comments