४५ दिनमै बेलायती प्रधानमन्त्री लिज ट्रुसद्वारा राजीनामा
प्रधानमन्त्री चयन भएकाे २ महिना नवित्दै लिज ट्रुसले पदबाट राजीनामा दिनुभएकाे छ । जिम्मेवारी पुरा गर्न नसकेकाे भन्दै प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रुसले राजीनामा दिनुभएकाे हाे ।
उहाँले कन्जरभेटिभ पार्टीकाे नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे । कन्जरभेटिभ पार्टीमा दलकाे नेता जाे चयन हुन्छ उ नै प्रधानमन्त्री हुने प्रचलन छ ।
आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उहाँले भन्नुभयाे, ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’
जिम्मेवारी छाडेको घोषणासँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन हुने र नयाँ प्रधानमन्त्री बन्ने बताइएकाे छ । राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराइसकेकाे बिबिसीले उल्लेख गरेकाे छ ।
प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामापछि भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको ट्रुस प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

