राहदानीका लागि आवेदन दिने समय परिवर्तन
राहदानीको आवेदनका लागि आवेदकले ‘अपोइन्टमेन्ट डेट’ लिन नै मुस्किल परेकाे व्यापक जनगुनासाे आएकाे छ ।
राहदानी विभाग, जिल्ला र इलाका प्रशासन ‘अपोइन्टमेन्ट डेट’ का लागि एकै समयमा बुकिङ खाेल्ने गरेकाले सर्भरमा चाप हुन गइ एपाेइन्टमेन्ट लिन नसकेकाे व्यापक जनगुनासाे थियाे ।
विभागले प्रायः जिल्ला र इलाका प्रशासन कार्यालयले बिहान ११ बजेकै आसपासमा बुकिङ खोल्ने गरेको पाइएको र सर्भरमा चाप देखिएकाे भन्दै दिउँसो साढे ३ बजेबाट मात्र अपोइन्टमेन्ट डेट’ बुकिङ खोलिने निर्णय गर्नुपरेको विभागको भनाइ छ।
साे गुनासाे समेत सम्बाेधन गर्ने लक्षका साथ विभागले ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने समय परिवर्तन भएको छ।
विभागले प्रायः जिल्ला र इलाका प्रशासन कार्यालयले बिहान ११ बजेकै आसपासमा बुकिङ खोल्ने गरेको पाइएको र सर्भरमा चाप देखिएकाे भन्दै दिउँसो साढे ३ बजेबाट मात्र अपोइन्टमेन्ट डेट’ बुकिङ खोलिने निर्णय गर्नुपरेको विभागको भनाइ छ।
यसअघि राहदानी विभागले बिहान ११ बजे ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने गरेकामा आज मंगलबारदेखि अपराह्न साढे ३ बजेदेखि मात्रै खुला गर्ने सूचना मार्फत् जनाएकाे छ ।
प्रायः जिल्ला र इलाका प्रशासन कार्यालयले बिहान ११ बजेतिर नै बुकिङ खोल्ने गरेकाले सर्भरमा चाप देखिएकाे विभागले जनाएकाे छ । तर सेवाग्राहीले भने २४ घण्टा नै एपाेइन्टमेन्ट डेटका लागि आवेदन दिने व्यवस्था मिलाउनुपर्ने बताउछन्। अनलाइन आवेदन दिनका लागि हप्ताै प्रयास गर्दा पनि सफल हुन नसक्दा अरूकाे सहयाेग लिनुपरेकाे एक सेवाग्राहीकाे गुनासाे छ । कतिपय अर्जेन्ट काम भएकाहरूले अनलाइन एपाेइन्टमेट लिन नसक्दा मारमा पर्ने गरेकाे बताए ।