कांग्रेसमा संसदीय दलकाे नेताका लागि सभापति देउवा र महामन्त्री थापाकाे उम्मेदवारी
नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापित शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
सभापित देउवाकाे प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पाैडेल र थापाको प्रस्तावक डा. शेखर कोइराला रहनुभएकाे छ ।
थापा र काेइरालामध्ये कस्ले उम्मेदवारी दिने भन्नेमा लामाे २ दिनसम्म साे समूहले छलफल गरेकाे थियाे ।
सभापति देउवाकाे उम्मेदवारीमा समर्थकमा पूर्णबहादुर खड्का रहनुभएकाे छ । त्यस्तै महामन्त्री थापाकाे समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएकाे छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि भाेली बुधबार मतदान हुदैछ।
Facebook Comments

