एमालेमा अध्यक्ष केपी शर्मा ओली दल नेतामा निर्विरोध

नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन हुनुभएकाे छ । मंगलबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष ओली निर्विरोध चयन हुनुभएकाे हाे ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन हुनुभएकाे छ । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयत हुन बाँकी छ ।

Facebook Comments