प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

 नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेपाल सरकारले विशिष्ट व्यक्तिहरूकाे अन्त्येष्टीमा राजकीय सम्मान दिन सक्ने ब्यवस्था छ ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।

अन्तिम श्रद्धाञ्जली दिने सर्वसाधरणकाे आर्यघाटमा बाक्लाे उपस्थिति थियाे । समकालीन नेपाली राजनीतिमा बाैद्धिक व्यक्तित्व, फरक विचारधारा राख्ने पार्टीहरूसँग समेत वैचारिक बहस गर्न रूचाउने गिरीकाे युवाहरूमाझ समेत लाेकप्रिय छवि थियाे ।

साहित्यमा समेत गहिराे रूची राख्ने गिरी समाजवाद तथा राजनीतिका बिषयमा विशेष अध्ययनका साथ विचार प्रस्तुत गर्ने नेतामा पर्नुहुन्थ्याे ।

Facebook Comments