सत्ता गठबन्धनकाे बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नभएकाे विषयमा छलफल गर्न सत्ता गठबन्धनमा रहेका दलहरूकाे बैठक बस्दैछ ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएकाे थियाे ।

साेही विषयमा छलफल गर्नका लागि सत्ता गठबन्धनकाे बैठक बस्न लागेकाे हाे । अस्वीकार गरेपछि सत्ता गठबन्धन रूष्ट छ।

नागरिकता विधेयक अस्वीकृत भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।

दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई राष्ट्रपति कार्यालयबाट उल्लंघन भएकाे प्रारम्भिक निष्कर्षमा सत्ता साझेदार दलहरू पुगेका छन् ।

कानुनविदहरूले पनि राष्ट्रपति भण्डारीबाट संविधानको गरिमा पालना नभएको बताएका छन् । राष्ट्रपतिले दाेस्राेपटक पनि विधेयक प्रमाणीकरण नगरेपछि के हुने भन्ने संवैधानिक स्पष्टता छैन । यसले नागरिकता विधेयककाे विषय अदालतमा पुग्ने संभावना बढेकाे छ ।

Facebook Comments