कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान हुँदै
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका मतदान शुरू भएकाे छ । पार्टी संसदीय दलकाे कार्यालय सिंहदरबारमा मतदान मार्फत दल नेता चयन गर्न लागिएकाे हाे ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएकाे छ ।
बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान हुने तालिका छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो। दल नेता चयन हुनका लागि ४५ मत ल्याउनुपर्ने हुन्छ ।
Facebook Comments

