लेखनाथ महाेत्सवकाे तयारी पुरा

बिहीबारदेखि शुरू हुने १८औं लेखनाथ महोत्सवको तयारी पुरा भएकाे छ । महाेत्सवकाे पुर्बसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन । कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचीत अठार कविता अठार जना कविहरुले वाचन गरेका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार सरुभक्त श्रेष्ठले कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको बताउँदै उनको सम्मानका लागि यही छेत्रका व्यक्तित्वहरु लाग्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा कविहरु ऋषिकेश बरालले ऋतुविचार, तारानाथ पराजुलीले पुर्बस्मृती, डा. इश्वरमणि अधिकारीले चरीको बिलाप, जीवनसागर भण्डारीले गौथलीको चिरीबीरी, अमृता पोख्रेलले कालमहिमा, नवराज अधिकारीले पिजडाको सुगा, नारायणी अधिकारीले तरुण तपसी, अम्बिका प्रसाद भट्टराईले हिमाल, छन्दिका त्रिपाठीले आमाको सम्झना, सागर केसीले नैतीक दृस्टान्त कविता वाचन गर्नुभएकाे हाे ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएकाे हाे ।

महाेत्सवमामा पर्यटन प्रवर्द्धन र नयाँ उद्योगको प्रवर्द्धन गर्नका लागी आयोजकले निशुल्क स्टलको ब्यवस्था गरेको छ भने महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिनुभयाे ।
महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन ।

१० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।

Facebook Comments