१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार नयाँ संक्रमितमध्ये ५ हजार ३ सय ६ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मन्त्रालयले देशभरमा २० हजार १ सय ८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो ।

Facebook Comments