विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन (राप्रपा)लाई निर्वाचन आयोगकाे पत्राचार
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भन्दै पत्राचार गरेकाे छ ।
आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे विधानमा रहेकाे हिन्दु राष्ट्र र राजसंस्था सम्बन्धि प्रावधान संविधान अनुकूल नभएकाे भन्दै ती शब्द हटाउन भनेको हाे ।
आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रनातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।
संवैधानिक आयोगले संविधानसँग बाझिएको विषय मिलाउन आग्रह गर्नुलाई स्वभाविक रुपमा लिएको निर्वाचन आयोगसम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले उल्लेख गर्नुभयाे ।
यसअघि आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्ष, साम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति दलहरूले अापत्ति जनाएका थिए ।

